१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

sarusaru
६ जेष्ठ २०७५, आईतवार ०२:५०

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो।

दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बर्दघाट–१६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४का १९ वर्षीय आशिष जिसी र बर्दघाट–१६ बस्ने ३० वर्षीय अजितसिंह ठकुरी रहेका छन्।
रासस