१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दुुर्घटनामा दुई बालकको मृत्यु

sarusaru
६ जेष्ठ २०७५, आईतवार ०३:५५

दाङ : दाङमा शनिबार भएका छुट्टा छुट्दै दुर्घटनामा दुई बालकको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिका २ लालमटियामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने अर्का एक बालकको नदीमा डुबेर मृत्यु भएको छ ।

शनिबार साँझ पूर्वबाट पश्चिम राजमार्ग अन्तर्गत दाङको लालमटियामा लु १ ख ९५०६ नम्बरको ट्रकको ठक्करबाट प्युठान जिल्ला सरुमारानी गाउँपालिका २ दर्भान घर भएका आठ वर्षीय बालक गौतम बुढाथोकीको मृत्यु भएको हो । प्रहरीका अनुसार सडक पार गर्ने क्रममा ट्रकले बुढाथोकीलाई ठक्कर दिएको थियो । बालक आदर्श नमुना मावि लालमटिया कक्षा ४ मा अध्ययनरत हुन् । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती नदीमा डुबेर मृत्यु
यसैबीच दाङको राप्ती नदीमा डुबेर शनिबार भालुबाङका एक बालकको मृत्यु भएको छ । भालुबाङ पुल्चोक बजारका आठ वर्षीय प्रदिप रोकाको राप्ती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

भालुबाङ पुल्चोक स्थित स्वर्गद्वारी प्राथमिक विद्यालय कक्षा ४ मा अध्ययनरत प्रदिपको नदीमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । डुबेर वेपत्ता भएका रोकाको शव प्रहरीले तीन घण्टापछि निकालेको थियो ।
अन्नपूर्ण पोष्ट