७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोलकाता प्लेअपमा

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७५, आईतवार ०५:०३

नयाँ दिल्ली । शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स इन्डियन प्रिमियर लिग आइपिएलको प्ले अफमा पुगेको छ । हिजो भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

प्ले अफ पुग्न अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । राजस्थान रोयल्स, मुम्बई इण्डीयन्स र किङ्स ईलेभेन पञ्जाव मध्ये एउटा टोली प्ले अफमा पुग्नेछ । विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर भने लिग चरणबाटै बाहिरिएको छ । गएराती भएको खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि बैंग्लोरको यात्रा टुंगिएको हो ।

आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डीयन्स र दिल्ली डेयरडेभिल्स तथा किङ्स ईलेभेन पञ्जाव र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।