१२ बैशाख २०८१, बुधबार
Follow Us

अविराम बाबुराम सार्वजनिक

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार १४:३८

काठमाडौं । भूतपूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको जीवनीमा आधारित किताब ‘अविराम बाबुराम’ सार्वजनिक भएको छ । पत्रकार अनिल थापाले लेखेको किताबको काठमाडौंमा एक समारोहकाबीच डाक्टर भट्टराईका पिता भोजप्रसादले सार्वजनिक गर्नुभयो । कितावमा भट्टराईको गोरखादेखि कार्यकारी प्रमुखसम्मको यात्रा र राजनीतिक उतारचढाव समेटिएको छ । किताबले प्रचण्ड–भट्टराई सम्बन्धलाई थप बुझ्न मद्दत गर्नेछ भने अहिले कम्यूनिष्ट आन्दोलन छोडेर नयाँ शक्ति पार्टी बनाएका भट्टराईले चालिस वर्ष अघि नै यस्तै प्रकारको साेंच राख्ने भनेर किताबमा उल्लेख गरिएको छ । किताबमाथि टिप्पणी गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले किताब पढेपछि बाबुराम भट्टराईका विषयमा केही प्रश्न उठ्ने र त्यसले नेपाली राजनीतिका केही रहस्य बाहिर आउने दावी गर्नुभयो । ३ सय ३३ पृष्ठको किताबको मूल्य ४ सय ४८ रुपैयाँ छ ।