१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस जिल्ला कार्यसमिति सभापतिको भेला असारमा

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७५, आईतवार ०८:४५

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिहरूको राष्ट्रिय भेला आगामी असारमा हुने भएको छ । असार २, ३ र ४ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय कांग्रेसले गरेको हो ।

यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो । जेठ १५ गते बजेट आउने र त्यसमाथि संसदमा हुने छलफलमा सांसद व्यस्त हुनुपर्ने भएकाले असार पहिलो साताका लागि भेला बोलाइएको हो । उहाँका अनुसार सभापतिहरूको भेलापछि महासमिति मिति तोक्ने तयारी पनि भइरहेको छ । महासमिति बैठक भदौ महिनाभित्र गर्ने निर्णय भएको छ ।