८ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्री यादव उपचारका लागि थाइल्यान्ड प्रस्थान

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७५, आईतवार ०८:५०

काठमाडौं । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड गरेका छन् । चिकित्सकको सल्लाहअनुसार उहाँलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । आज अपराह्न १३.३० बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केही दिन पहिले उहाँलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताउनुभएको थियो ।