१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल पत्रकार महासंघ यूकेमा नयाँ कार्यसमिति (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७५, आईतवार ११:२१

लण्डन । नेपाल पत्रकार महासंघ, बेलायतको चौथो अधिवेसन अगामि २ वर्षको लागि नयाँ कार्यसमिति गठन गरेको छ ।

शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिबेसनले पुनः नरेश खपांगीमगरको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, श्याम लुइँटेल, उपाध्यक्ष दिनेश परियार, लिलामान शेरपुन्जा, बिमला सेने सर्वसम्मत चयन भए । यस्तै महासचिवमा संजयभक्त कंडेल , उपमहासचिव नरेन्द्र बस्नेत, सचिव शिब भण्डारी, पूर्ण गुरुङ , जगन्नाथ कार्की निर्विरोध भएका छन् । यसअघि १५ जनाको रहेको कार्यसमितिलाई विस्तार गरि २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

यस्तै कोषाध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्री, सहकोषाध्यक्ष रोशन राई ‘बिनोद’ चयन भए । सदस्यहरु बोमबहादुर थापा, नगेन्द्रराज नेम्बाङ्ग, नरेश काङ् बाङ राई, सुरेन्द्र इंगनाम, तिर्थबहादुर मल्ल , गणेश खड्का , मन्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुशी लिम्बु र खेमराज रानाभाट निर्वाचित भएका छन् । प्रमुख पदका उम्मेदवार बीचको सहमति पछि कार्यसमितिमा केही पद थप गरिएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश बिष्टको बिशेष आतिथ्यमा सम्पन्न अधिवेसनलाई दूताबासका उपनियोग प्रमुख शरदराज आरण, गैरआवासीय नेपाल संघका उपाध्यक्ष कुल अचार्य, एनआरएन युकेका अध्यक्ष योग कुमार फगामि लगायत स्थानिय संघसँस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए । अधिवेसनमा प्रस्तुत आर्थिक तथा वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ ।