७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यानपावर सञ्चालक पक्राउ

sarusaru
६ जेष्ठ २०७५, आईतवार १३:३०

काठमाडौँः मलेसिया जाने कामदार ठग्ने भीएलएन, वान स्टेप सेन्ट, वाई स्पेश म्यान पावर तथा हार्बेस्ट मुन टाभ«लका सञ्चालक राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उनलाई मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गरेको अभियोगमा पक्राउ गरिएको हो ।

बुधबार मात्रै श्रम तथा रोजगार सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदारमाथि अवैधानिकरुपमा विभिन्न संस्था खडा गरी रकम असुल्नेहरुलाई गृहमन्त्रालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत निगरानीमा राख्न परिपत्र गरेका थिए ।

राम श्रेष्ठले २०७० कात्तिकदेखि ७ सय रुपैयाँमा हुने मलेसिया जाने कामदारको भिसा स्ट्याम्पिङका लागि भीएलएन नामक संस्था खडा गरी ३२ सय रुपैयाँ असुल्दै आएका थिए ।

२०७३ असोजबाट फेरि वान स्टेप सेन्टरका नाममा महाराजगञ्जमा राहदानी संकलन गरी सानेपा पु¥याउने कामका लागि २८ सय रुपैयाँ थाप आर्थिक भार पु¥याउँदै आएका थिए ।

गृहमन्त्रीको निर्देशन लगत्तै प्रहरी प्रधान कार्यालयका डीआईजी धीरु बस्न्यातको नेृतत्वमा महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिषर मातहतको टोलीले मलेसिया जाने कामदारमाथि भएको शोषणबारे अनुसन्धान थालेको थियो ।

श्रेष्ठको संस्थामबाट भएको ठगी

भीएलएन

कामदारमाथि आर्थिक भार थप्ने काम सन् २०१३ को नोभेम्बर अर्थात् २०७० को चैतदेखि भीएलएनको नामबाट रकम असुली गर्ने कार्य सुरु भएको थियो ।

भीएलएन नामको संस्था खडा नहुँदासम्म मलेसियाको रोजगारीमा जाने कामदारले भिसा स्टाम्पिङका लागि सात सय रुपैयाँ तिरे पुग्थ्यो । तर, यो संस्था खडाभएपछि सात सय रुपैयाँमा भइरहेको काम मूल्य अभिवृद्धि करबाहेक थप ३२ सय रुपैयाँ पुगेको थियो ।

भीएलएन नामको संस्था खडा भएदेखि २०७४ को चैतमहिनासम्ममा गरी मलेसियाको रोजगारीका लागि म्यानपावर र व्यक्तिगत भिसामार्फत ६ लाख दुई हजार आठ सय ३३ जना कामदार मलेसिया पुगिसकेको सरकारी तथ्यांक छ ।

भीएलएन नामको संस्था खडा भएपछि रोजगारीका लागि गएका कामदारले थप तिरेको कर बाहेकको ३२ सय रुपैयाँका दरले मात्रै एक अर्ब ९२करोड ९० लाख ६५ हजार ६ सय रुपैयाँ असुली भएको देखिन्छ ।

ओएससी (वन स्टेप सेन्टर)

जीएससी लागू भएको फेरी ६ महिना लगतै २०७३ असोजबाट ओएससी (वन स्टेप सेन्टर) नामको संस्था खडा गरी कामदार माथि थप २८ सय रुपैयाँ आर्थिक भार थपिएको थियो ।

जसको काम महाराजगञ्जमा पार्सपोर्ट संकलन गरी सानेपाको मलेसियन दुतावाससम्म लैजाने थियो । यो संस्था खडा भएपछि मात्रै नेपालबाट रोजगारीका लागि एक लाख ६१ हजार एक सय तीन जना कामदार मलेसिया पुगिसकेका छन् । यसरी जाने कामदारबाट करबाहेक मात्रै ४५ करोड १० लाख ८८ हजार चार सय रुपैयाँ अवैधानिक रूपमा संकलन भइसकेको छ ।

ओएससी लागू हुनभन्दा पहिले २०७३ वैशाखदेखि बायोमेट्रिय स्वास्थ्य परीक्षण गर्नुपूर्व मलेसियाको मे बैंकको खातामा १ सय २५ मलेसिया रिंगेट जम्मा गर्नु पर्ने गरी माई ग्राम नामको संस्थाले कामदारमाथि थप आर्थिक भार थपेको थियो ।

यो नियम लागू भएपछि मात्रै नेपालबाट रोजगारीका लागि एक लाख ७७ हजार दुई सय ४१ जना कामदार मलेसिया पुगिसिकेका छन् । यसरी मलेसिया जाने कामदारसँग प्रक्तिव्यक्ति कर बाहेक सरदर ३२ सय रुपैयाँका दरले ५६ करोड ७१ लाख ७१ हजार दुई सय रुपैयाँ असुली भएको देखिन्छ ।
अन्नपूर्ण पोष्टबाट ।