६ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार महासंघका महासचिब बिष्ट लन्डनमा सम्मानित

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७५, आईतवार २२:१०

लन्डन । नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्ट सम्मानित भएका छन् । बिष्टलाई नेप्लिज इन्टरटेनमेन्ट युकेले आइतवार लन्डनमा सम्मान गरेको हो । ह्यारो फुटवल क्लवमा आयोजित सम्मान कार्यक्रममा नेप्लिज इन्टरटेनमेन्टको तर्फबाट सिद्धार्थ क्षेत्रीले खादा लगाएर सम्मान गरे ।

यस्तै एनआरएनका केन्द्रिय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासघं युकेका पुर्व अध्यक्ष चिरन शर्मा, यति नेपाली एसोसियसन युकेका पुर्व अध्यक्ष उमेश मोक्तानले समेत बिष्टलाई खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघं युकेको महासचिब संजय कंडेल, उपमहासचिब नरेन्द्र बस्नेत, युवा समाजसेवी बिरेन खड्का, बिकाश नेपालको उपस्थिति थियो । बिष्ट नेपाल पत्रकार महासंघ युकेको चौथो अधिबेशनलाई सम्बोधन गर्न बेलायत आएका हुन् ।

यसअघि नेप्लिज इन्टरटेनमेन्ट समुहले नेपाली चलचित्र सत्रु गतेको प्रदर्शन समेत गरेको थियो ।