११ बैशाख २०८१, मंगलवार
Follow Us

इन्जिनियरमाथि कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

sarusaru
७ जेष्ठ २०७५, सोमबार ०२:३३

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका एक वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नगरपालिकामा कार्यरत इन्जिनियरलाई कुटपिट गर्ने वडा नं ८ का वडाध्यक्ष मानबहादुर चनारालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।

नगरपालिकामा कार्यरत इन्जिनियर ठगेन्द्र चन्दले आफूलाई कार्यकक्षमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधसम्बन्धीको उजुरी दर्ता गराएका थिए। चन्दले दर्ता गराएको उजुरीका आधारमा वडाध्यक्ष चनारालाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक ऋषिराज ढुंगानाले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बिहीबार कार्यकक्षमा काम गरिरहेको अवस्थामा वडाध्यक्ष चनाराले इन्जिनियर चन्दलाई कुटपिट गरेका थिए।

त्यहाँ स्थापना भएको एफएम रेडियो ‘नयाँ नेपाल’को सामग्री खरीद गर्न नगरपालिकाबाट छुट्याएको रु २५ लाख बजेट भुक्तानीमा ढिला गरेको भन्दै कुटपिट गरेको बताइएको छ।
रासस