१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकारको नीति तथा कार्यक्रम आज

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०७५, सोमबार ०५:०८

काठमाडौं । सरकारले आज आउने आर्थिक वर्ष २०७५-२०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । नेपाल कम्युनिष्ट पार्टीको सरकारले पहिलो पटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

संविधान बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसदको दोस्रो संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसदको संयुक्त बैठक दोस्रो पटक बस्न लागेको हो ।

सरकारको नीति तथा कार्यक्रममा सामान्यतया सैद्धान्तिक विषय समेटिने छ भने, त्यसको निश्चित समयावधि र रकमलगायत विषय बजेटमा पर्नेछन् । अर्थमन्त्री डा. युवराज खतिवडाले तत्काली वाम गठबन्धनको चुनावी घोषणापत्रमा समावेश महत्वपूर्ण कार्यक्रमहरुलाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्न लागेको बताउनु भएको छ ।

उहाँले पैसा अभावका कारण पाँच हजार सुरक्षा भत्ता दिने भनि घोषणा गरिएको कार्यक्रम भने नसमेटिने बताउनु भएको छ । अब सरकारले श्रमिक तथा कर्मचारीलाई स्वास्थ्य उपचार, बेरोजगार भत्ता, आश्रित परिवाको हेरचाहदेखि निवृत्तिभरणजस्ता न्यूनतम सामाजिक संरक्षणका सुविधा प्रत्याभूत गर्ने मन्त्री खतिवडाले बताउनु भएको छ ।