१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्वामी अरुणले बेलायतमा ध्यान शिविर सन्चालन गर्नु हुने

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०७५, सोमबार १२:३१

लन्डन । काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले आउँदो अगष्ट महिनामा बेलायतमा ध्यान शिविर सन्चालन गर्नुहुने भएको छ । आफ्ना निकट सहयोगी स्वामी आनन्द अर्हतका साथ उहाँले आउँदो अगष्ट २४ देखि २७ तारिखसम्म बर्मिङघम नजीकै Bosworth Hall Hotel and Spam Bosworth CV13 0LP मा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नुहुनेछ।

शिविरमा सहभागी हुन इच्छुक मित्रहरुले [email protected] वा [email protected] मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजक ओशो क्याम्प युकेले आग्रह गरेको छ । संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।

‘आजको व्यस्त समाजमा संयमित जीवन शैली र ध्यानको महत्व जति वर्णन गरेपनि कम हुन्छ। त्यसैले बोधिसत्व स्वामी अरुणसंग आवासीय ध्यान शिविरमा सपरिवार सहभागी हुन हामी सबैलाई आग्रह गर्दछौं,’ ओशो क्याम्प युकेका स्वामी ध्यान शंकरले भन्नुभयो । स्वामी अरुणले गत बाह्र वर्षदेखि बेलायतमा हरेक वर्ष ध्यान शिविरहरु सन्चालन गर्दै आउनुभएको छ।

‘राजनीति होस् वा सार्वजनिक जीवन, आफ्नो परिवारमा होस् वा व्यवसायमा सुख, शान्ति र सम्यक जीवनकालागि ध्यान बाहेक अर्को विकल्प छैन। आफ्नो व्यस्त जीवनबाट केही समय निकालेर ध्यानको माध्यमबाट जीवनलाई अरु बढी आनन्दित बनाउन म सबै मित्रहरुलाई आग्रह गर्दछु,’ स्वामी अरुणले भन्नुभयो । www.facebook.com/Osho Camp-uk मा गएर ध्यान शिविरबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।