१३ बैशाख २०८१, बिहीबार
Follow Us

अस्ट्रेलिया पहिचान सहितको तीज कार्यक्रम

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार २०:२४

जिलोङ, अस्ट्रेलिया, १ सेप्टेम्बर: अत्यन्तै सानो समुदाय भएरै पनि १ लाखभन्दा बढी सहभागीहरुको सहभागिता हुने अस्ट्रेलियाकै सबैभन्दा ठुलो बहुभाषिक एबं बहुसांस्कृतिक पर्ब पाको मार्फत नेपालको पहिचान दिने र फरक र प्रभाबकारी ढंगबाट बिभिन्न किसिमका चाड पर्ब मनाउँदै चर्चामा आउने गरेको जिलोङ शहरमा पहिलो पटक जिलोङ नेप्लिज एसोशियशनले एउटा फरक पहिचान सहितको तीज कार्यक्रम मनाएको छ ।

चाडबाडको नाममा बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाका कारण समाजमा बढ्दै गएको अनाबस्यक बिकृति आजकाल सबैतिर चासो र चिन्ताको बिषय बन्दै गए​​को छ । यही कुरालाई बिचार गरेर यस्ता किसिमका बिकृतिलाई निरुत्साहित पनि गर्ने र आफ्नो कला र संस्कृतिको जगेर्ना पनि गर्ने अभिप्रायले जिलोङमा आयोजना गरिएको तीज कार्यक्रममा भने सुन नमिसिएको रातो झुप्पा पोते लगाउने उस्बी ताउजले करन्जित्, नेपाली पोशाक लगाउने डिल्लीराज शर्मा र लिओन करन्जित र सरल पहिरन लगाउने सितु श्रेष्ठलाई प्रभा श्रेष्ठ, सलिना श्रेष्ठ क्षेत्री र ब्लु माउण्टेन इन्डियन रेस्तुरेन्टद्धारा प्रदान गरिएका बिशेष उपहारहरु प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमको दिन बुवाको मुख हेर्ने दिन पनि परेकोले पुरुषहरुको लागि म्युजिकल चेयर र चम्चामा गुच्चा राखेर हिंड्ने खेल पनि खेलाइएको थियो र ती खेलका बिजेताहरु क्रमश: सम्भब भट्टराई र नबिन सिंहलाई पनि रेणु कोइराला, दर्पणा घिमिरे र निशा अर्यालद्धारा प्रदान गरिएका उपहारहरु प्रदान गरिएको थिए ।

कार्यक्रम सन्चालनको लागि ग्रेस इण्टरनेशनल एजुकेशन/माइग्रेशनले पनि केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमको अन्तमा कार्यक्रम सफल बनाउन बिभिन्न तवरबाट सहयोग गर्नु हुने सबैलाई संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रम ब्यबस्थित गर्न रेणु कोराला, दर्पणा घिमिरे र निशा आचार्य रहनु भएको मूल आयोजक समिति गठन गरी बिभिन्न उपसमितिहरु मार्फत काम भएको थियो । कार्यक्रमको उदघोषिकाको भूमिका दर्पणा घिमिरेले निर्बाह गर्नु भएको थियो ।