१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई सम्बोधन

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०७५, सोमबार १५:००

काठमाडौं । सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई पनि समेटेको छ । गैरआवासीय नेपालीहरुलाई नेपालमा आफ्नो ज्ञान, सीप र पूँजी उपयोग गर्न उत्पे्ररित गरिनेछ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको बुँदा नं. २४ मा भनिएको छ, ‘यो सरकारले कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक वृद्धिको संवाहको रुपमा पहिचान गरेको छ । सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रमुख लगानी यी क्षेत्रमा केन्द्रित गरिनेछ ।

वैदेशिक लगानी तथा विकास साझेदारबाट प्राप्त स्रोतलाई यी क्षेत्रमा परिचालन गरिनेछ । गैरआवासीय नेपालीहरुलाई नेपालमा आफ्नो ज्ञान, सीप र पूँजी उपयोग गर्न उत्पे्ररित गरिनेछ ।’