८ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रकवि माधव घिमिरेलाई के भयो ?

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०७५, सोमबार १५:१४

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेर डेढ सातादेखि अस्वस्थ हुनुहुन्छ । आन्तरिक रक्तश्राव भएपछि उहाँको ग्राण्डी अस्पतालको सघन कक्षमा राखी उपचार भइरहेको उहाँकी बुहारी अर्चनाले जानकारी दिनुभयो । उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनान्सय वर्षीय राष्ट्रकवि पछिल्लो समय बढी अस्वस्थ्य हुँदै आउनुभएको छ ।

मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिनुभयो ।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उहाँको उपचार हुँदै आएको छ । घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।