१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा रहेका एमाले र माओबादी बीच एकता हुने

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७५, सोमबार १९:२७

कुमार केसी । रेडिंग । नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्र बीच गत १७ मेमा पार्टी एकीकरण सम्पन्न भएपछि बिस्तारै यसको प्रभाब बेलायतमा पनि देखिएको छ

एमालेको भातृ संगठनको रुपमा सक्रिय रहेको प्रबासी नेपाली मंच रेडिंग इलाका कमिटीले गत आइतवार केक काटेर पार्टी एकताको स्वागत गरेको छ । रेडिंग इलाका कमिटिका अध्यक्ष प्रतिमा केसी तथा पुर्ब अध्यक्ष्यहरु अर्जुन बस्नेत र डा. कृष्ण रेग्मीले संयुक्त रुपमा केक काटेर सबैसंग खुसी साटेका थिए ।

स्थानीय थेम्स भ्याली पार्कमा रेडिंग तथा स्वीन्डन क्षेत्रमा बसोबास गर्ने एमाले समर्थक तथा शुभेच्छुकहरुको ठुलो उपस्थितिमा बिबिक्यु तथा मनोरंजन गरी उक्त स्वागत कार्यक्रम सम्पन्न भएको छ । रेडिंग इलाका कमिटि अध्यक्ष प्रतिमा केसीको अध्यक्ष्यता, सचिब कृष्ण आचार्यको संचालन र उपाध्यक्ष्य नारायण कंडेलको स्वागत मन्तब्यबाट शुरु भएको उक्त कार्यक्रममा प्रबासी नेपाली मंचका युरोप क्षेत्रीय सदस्य राम शरण सिम्खडाको प्रमुख आतिथ्यता तथा प्रबासी नेपाली मंच बेलायतका उपाध्यक्ष्य द्वय कुमार केसी र नारद भण्डारीको उपस्थिति रहेको थियो ।

बिबिक्यु सहितको खानपान, औपचारिक कार्यक्रम तथा मनोरन्जन गरी तीन चरणमा गरिएको उक्त कार्यक्रममा बोल्दै मंचका युरोप क्षेत्रीय सदस्य तथा पुर्ब अध्यक्ष्य राम शरण सिम्खडाले एमाले र माओबादी पार्टी एकीकरण एक ऐतिहासिक कार्य भएको र देश विकासको लागी एउटा महत्वपूर्ण खुड्किलो हुने बताए ।
त्यसै गरी प्रबासी नेपाली मंचका उपाध्यक्ष तथा रेडिंग इलाका इन्चार्ज नारद भण्डारीले माओबादीसंग बिगतमा कतिपय कुरामा मनमुटाब र असमझदारी भए पनि पार्टी एकीकरण स्वागतयोग्य रहेको बताए ।

प्रबासी नेपाली मंच बेलायतका पुर्ब सल्लाहकार तथा रेडिंग इलाका कमिटिका पुर्ब अध्यक्ष डा. कृष्ण रेग्मीले पार्टी एकीकरण आफैमा राम्रो कुरा हो तर यसलाई पूर्ण रुपमा व्यवहारमा लागु गरेमा मात्र हाम्रो यो खुसी बास्तबिक खुसीमा परिणत हुनेछ भन्नु भयो । उक्त कार्यक्रममा बुद्दिजिबि डा. चन्द्र बहादुर गुरुङ, रेडिंग इलाका कमिटिका पुर्ब अध्यक्ष अर्जुन बस्नेत तथा देबेन्द्र श्रेष्ठले समेत आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा प्रबासी नेपाली मंच युकेका उपाध्यक्ष्य कुमार केसीले तीनवटा प्रस्ताबहरु पेश गर्नु भएको थियो । दुवै पार्टी एकीकरण भएकोमा सर्बसम्मत रुपमा स्वागत गर्ने, रेडिंग तथा त्यस क्षेत्रमा रहेको माओबादीको भात्रृ संगठन नेपाली जनप्रगतिशील मंचसंग एकताको छलफल गर्न पाँच सदस्यीय कमिटि गठन गर्ने र लामो समयदेखि स्वास्थ्य उपचार गराइरहेका प्रा. नारायण गुरुङको स्वाथ्यलाभको कामना गर्ने प्रस्ताब प्रस्तुत गर्दा सर्बसम्मत रुपमा पारित भएको थियो ।

एकता बार्ता तथा छलफलका लागी सो भेलाले रेडिंग इलाका कमिटिका अध्यक्ष्य प्रतिमा केसीको संयोजकत्वमा डिल्ली घिमिरे, यादव श्रेष्ठ, भीमसेन खड्का र करन गुरुङ रहेको पांच सदस्यीय कमिटि बनाएको छ ।

कार्यक्रमको अन्तमा इलाका कमिटिका अध्यक्ष प्रतिमा केसीले यो बिशेष खुसीको दिन हो अब हामी रेडिंग तथा बेलायतभर रहेका दुवै मंचका सदस्यहरु निकट भविष्य मै एक हुनेछौ भन्दै घरघरबाट खानेकुराका बिभीन्न परिकार बनाएर ल्याउनु हुने दिदीबहिनी, बिबिक्यु ब्यबस्थापनमा बिशेष भूमिका निभाउनु हुने भीमसेन खड्का, रामेश्वोर थापा, सुरेश थापा तथा लक्ष्मण श्रेष्ठलाई धन्यबाद समेत दिएका थिए ।