१३ बैशाख २०८१, बिहीबार
Follow Us

पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जान नपर्ने

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७५, मंगलवार ०४:५५

काठमाडौं । सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ । संघीय संसद्मा हिजो प्रस्तुत नीति तथा कार्यक्रममा रोजगारीका क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना गरी रोजगारीका लागि विदेश जानुपर्ने स्थितिको अन्त्य गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गरिने भनिएको छ ।

तर, वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङले सरकारले भनेको पाँच वर्षमा वैदेशिक रोजगारीमा जानेहरुका समस्या समाधान हुन नसक्ने बताउनु भएको छ । त्यसैगरी सरकारले समान कामका लागि समान ज्यालाको नीति लागू गर्नुका साथै श्रमलाई सम्मानित र मर्यादित बनाउन श्रम कानूनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भएको छ ।