१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डन मेलामा मेयर सादिक खानसँग नेपाली शेल्फी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार २०:४३

लन्डन । वेम्ली पार्कमा आयोजित १४ औं लन्डन मेलामा छुट्टै चहल पहल थियो । शनिवार आयोजित मेलामा नेपालको पर्यटन प्रर्वधनका लागि नेपाली समूदायले सकृयता देखाए । लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा स्टल राखेर मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बांडियो । मेला संगीत, खाना र कलाको समेत समिश्रण थियो । बिभिन्न देशका प्रतिनिधीहरुले आआफ्नो कलासंस्कृति झल्काउने सामाग्री पस्केका थिए ।
दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी, दूतावास कर्मचारी र नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी एवं एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारी आफैं लिफलेट, ब्रोसर, पत्रिका र अन्य सामाग्री बांड्न व्यस्त भए ।
मेलामा सहभागी एनआरएनए युरोप संयोजक कुल आचार्य, व्यवसायीहरु वीपी खनाल र बिराज भट्ट एवं लन्डन मेलाका ट्रष्टी प्रशान्त कुंवरले नेपाली कला संस्कृति झल्काउन मेला सहयोगी भएको बताए ।
नेपाली गीतसंगीतको चिनारी दिने उद्देश्यले मेलामा आर के स्क्वायर ब्याण्डले नेपाली गीत संगीत प्रस्तुत गरेको थियो भने लाखे नाच र अन्य सांस्कृतिक नाच समेत प्रस्तुत गरिए । ओमप्रसाद थापाको नेतृत्वमा प्रथम नौमति बाजा गुल्मी यूकेले नौमति बाजाको धुन प्रस्तुत गर्यो जुन प्रमुख आकर्षण थियो ।
सन् २०१० देखि नै नेपाली दूतावास लन्डन मेलामा प्रत्यक्ष सहभागी हुंदै आएको छ ।
14233140_1078367182212288_5205656521872893319_n

14199280_10208377721174866_6411078137978895971_n

2

14202683_10154509051672803_880632798411504866_n