१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खुशी लिम्बूको गतिविधि निन्दनीय : महासंघ

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७५, मंगलवार ११:१७

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अधिवेशनमा हातपातमा उत्रिएका खुशी लिम्बुविरुद्ध कारवाही अघि बढाइएको छ । महासंघ यूके अध्यक्ष नरेश खपाङ्गीले जारी गरेको विज्ञप्तिअनुसार लिम्बुविरुद्ध महासंघले अनुशासनको कारबाही अघि बढाएको र उनी सम्बन्धित अन्य संघ संस्थालाई पनि कारबाहीका लागि आग्रह गरिएको हो ।

लिम्बु संलग्न संस्था नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति महासंघ यूके, नेपाली जनसम्पर्क समिति यूके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके शाखालाई कारबाहीका लागि बोधार्थ पत्र दिइएको छ ।

अध्यक्ष खपाङ्गीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–
‘नेपाल पत्रकार महासंघ युके शाखाका नवनिर्वाचित सञ्जयभक्त कँडेललाई नेपाली जनसम्पर्क समिति युकेका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव खुशी लिम्बुले महासंघको चौथो अधिवेसन समाप्तिपछि सम्मेलनस्थलमै हातपात गरेको घटनाप्रति यस शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि विषयमा असहमति भए छलफल, सम्वाद, वार्ताबाट नै समाधान गर्न सकिने विकल्प हुँदाहुँदै राजनीतिक तथा सामाजिक जिम्मेवारीमा बसेको व्यक्ति यसरी शारीरिक आक्रमणमा नै उत्रिनु अत्यन्तै निन्दनीय कार्य हो । नेपाल पत्रकार महासंघ युके यस घृणित कार्यको भर्त्सना गर्दछ र सम्बन्धित संघसंस्थासँग निजमाथि आवश्यक कारबाही गर्नका लागि माग गर्दछ । साथै, निजमाथि नेपाल पत्रकार महासंघ युके शाखाले अनुशासनको कारबाही अगाडि बढाएको समेत जानकारी गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।