७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारत्तोलनका अन्तराष्ट्रिय च्याम्पिएन रुप कार्की एनआरएनए खेलकुद समितिमा

नेपालब्रिटेन डट कम
८ जेष्ठ २०७५, मंगलवार १५:४९

भारत्तोलनका अन्तराष्ट्रिय च्याम्पिएन रुप कार्की गैरआवासीय नेपाली संघ अमेरिकाको खेलकुद समिति सदस्य मनोनित भएका छन् । समितिको गतसाता बसेको बैठकले भर्जीनिया निवासी कार्कीलाइ उनको विज्ञता र खेलकुद मार्फत नेपालको नाम उँचो बनाउन योगदान दिए बापत मनोनयन गरेको हो ।
नेपालको बुटवल घर भएका कार्की गतबर्ष एटलान्टामा सम्पन्न अन्तराष्ट्रिय भारत्तोलन प्रतिस्पर्धामा स्वर्ण पदका जितेका थियो । भारत्तोलनमा नेपालीले हासील गरेको यो आजसम्मकै सबैभन्दा ठुलो पदक हो । त्यसअधि २०१५ मा उनले उत्तर अमेरिका क्षेत्रीय प्रतिश्पर्धामा पनि स्वर्ण पदक प्राप्त गरेका थिए ।
विगत एक दशकको कडा मेहनतले यो सबै सम्भव भएको बताउने कार्की अब गैरआवसीय नेपालीको संस्थागत अभियान मार्फत आफ्नो सिप नेपालमा हस्तान्तरण गर्ने तयारिमा छन्  ।

अब नेपालमै केहि गर्छु : कार्की

नेपालमा भारत्तोलनका खेलाडिहरु उत्पादन गर्ने तयारिमा जुटेका कार्कीलाइ गैरआवसीय नेपाली संघ अमेरिकाले आवश्यक सहजीकरणका लागी सहयोग गर्ने भएको छ । कार्की नेपालमा एक अत्याधुनीक भारत्तोलन प्रशिक्षण केन्द्र्र संचालन गर्न आगामि साता नेपाल जादैँ छन् । “उचित प्रशिक्षण पाउने हो भने नेपालीले भारत्तोलनमा पनि धेरै राम्रो गर्न सक्छन् । मैले जानेको सिप आफ्नै दाजुभाइलाइ सिकाउ भन्ने मेरो उदेश्य हो,” उनले भने ।
आफ्नै गृहनगर बुटवल र काठमाण्डौमा अत्याधुनीक प्रशिक्षण केन्द्र संचालन गर्ने सोच बनाएका कार्की १२ बर्ष अधि अमेरिका आएका हुन् । नेपालमा केहि गर्ने आफ्नो लामो समयदेखिको चाहनामा एनआरएनए अमेरिकाले सहयोग गर्ने बचन दिए पछि उत्साहि भएका कार्की भन्छन् “हामीले विदेशमा सिकेको सिप र प्रविधिलाइ मातृभूमीको लागी खर्चन सक्नुपर्छ, त्यहि नै असली देशप्रेम हो ।”