४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रकाश सपुतको बोल माया ;सात दिनमा नौ लाख भ्युज (भिडियो)

sarusaru
९ जेष्ठ २०७५, बुधबार ०४:१८

काठमाडौँ । नेपाली गीत सङ्गीतमा एक पछिल्लो पुस्ताका चर्चित गायक प्रकाश सपुतको प्रस्तुतिमा परदेशीको वास्तविक पीडा समेटिएको एक यथार्थ परक गीत “बोल माया” ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको छ।

बाध्यतामा रहेर वैदेशिक रोजगारका लागि गएका परदेशी र रोजगारको क्रममा नेपालीहरूको मृत्युलाई समेटेर गाइएको गीतको शब्द र भिडियो निकै मार्मिक बनेको छ साथै यो गीत सार्वजनिक भएको सात दिनमा हामीले समाचार तयार पार्दासम्म नौ लाख एघार हजार आठ सय नब्बे जनाले हेरिसकेका छन्।

गीतमा गायक प्रकाश सपुतलाई नारायण रायमाझी र शान्ति श्री परियारले साथ दिएका छन् भने गीतको शब्द, संगीत पनि प्रकाश सपुतकै रहेको छ।

प्रकाश सपुतकै निर्देशन रहेको भिडियोलार्ई करन चैसिरले छायाङ्कन तथा प्रविण भट्टले सम्पादन गरेका हुन्। भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी देवेन्द्र बव्लु र सितारे गन्दर्भको निकै मन छुने अभिनय देख्न सकिन्छ।