१५ चैत्र २०८०, बिहीबार
Follow Us

फाल्गुनमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुँदै,तीन सय विदेशी कलाकार नेपाल आउने

sarusaru
९ जेष्ठ २०७५, बुधबार ०५:२३

देशमा विभिन्न खालका मेला महोत्सव चलिरहेका बेला अन्तर्राष्ट्रिय लोक सास्कृतिक मेला आयोजना हुने भएको छ । लामो समयदेखि नेपाली लोक सस्कृतिको संरक्षण र सम्बर्द्धनमा कृयाशिल एभरेष्ट नेपाल कल्चरल ग्रुपले आउँदो फाल्गुन १७ गतेदेखि मेलाको आयोजना गर्न लागेको हो । आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम फाल्गुन २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

“पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार” भन्ने मूल नारा सहित २०५९ सालमा प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गरिएको थियो । त्यसपछि हरेक दुई दुई बर्षमा आयोजना गरी निरन्तरता दिदै कल्चरल ग्रुपले नवौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला –२०७४ आयोजना गर्न गइरहेको छ ।

यसपटकको महोत्सव काठमाण्डौं, ललितपुर, गैडाकोट र पोखरा जस्ता पर्यटकिय तथा ऐतिहासीक क्षेत्रमा गर्न गईरहेकोे जानकारी आयोजकले गराएको छ । ऐतिहासिक तथा बिश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रा ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने कल्चरल ग्रुपका अध्यक्ष आर.सी कोईरालाले बताए ।

कार्यक्रमले देशको विविध संस्कृती, पुरातत्वीक र अन्य पर्यटकिय स्थल को मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा आयोजकले राखेको छ । मेलामा इस्टोनिया, ग्रीस, इन्डोनेसीया, बङगलादेश, भारत, मलेसिया, कोस्टारीका, इटाली, इजरायल, टर्की र नेपाल सहित विश्वका ११ भन्दा बढी राष्ट्रबाट विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा बढी कलाकारहरुले भाग लिने निश्चित भैसकेको कार्यक्रम निर्देशक चन्द्र शर्माले बताए । “उक्त महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई सास्कृतीक झाकी गर्ने र आफ्नो लोक गीत, संगित र लोक नृत्य पस्तुत गर्ने जानकारी गराउन चाहन्छौ” निर्देशक शर्माले भने ।