७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली छोरोलाइ विश्वविख्यात टेलि अवार्ड ।

नेपालब्रिटेन डट कम
९ जेष्ठ २०७५, बुधबार १४:४३

बरिष्ठ सामाजिक अभियन्ता तथा सुचना प्रविधी विज्ञ, प्राध्यापक मेदिनी अधिकारी अमेरिकाको प्रतिष्ठित टेलि अवार्डबाट पुरस्कृत भएका छन् । समाज परिवर्तनमा फरक र विशिष्ठ भूमिका निर्वाह गरेका व्यक्तिहरुलाइ सन् १९७९ देखि प्रदान गरिदै आएको सो अन्तराष्ट्रिय पुरस्कार सामाजिक क्षेत्रको अत्यन्त प्रतिष्ठित पुरस्कार हो ।
अधिकारिले कुल १२ हजार प्रतिश्पर्धीलाइ पाखा लगाउदै यो अवार्ड जितेका हुन् । निर्णायकको मूल्यांकन र पब्लिक भोटिगं समेतको आधारमा विजयी घोषण गरिने टेलि अवार्डका लागी उनले हलिउड स्टारहरु, विश्वविख्यात लेखक, कलाकार र समाजिक अभियन्ताहरुलाइ उछिनेका थिए । उनको विज्ञता र योगदानको बारेमा इन्ग्रिड वल्र्ड टेलिभिजनले २०१६ मा लिएको अन्तवार्तालाइ निर्णायकहरुले छनोटको मुख्य आधार मानेका थिए । निर्णायकहरुमा विख्यात मिडियाविज्ञ क्यारोलिनी स्मिथ, ज्याक शेली र लाउरेन लुमस्डेन थिए ।
इक्विालिटि फाउन्डेसनका संस्थापक तथा सिइयो अधिकारीले सो फाउन्डेसन मार्फत नेपालको दुर्गम गाँउहरुमा सुचना प्रविधिको पहुँच विस्तार गरि शिक्षा, स्वास्थ्य र आर्थिकबृदिमा दिएको योगदानका लागी पुरस्कार प्रदान गरिएको अवार्डको वेभसाइटमा उल्लेख छ । अधिकारीले अन्तिम प्रतिष्पर्धामा हलिउड स्टार म्याथ्यू म्याक्ग्रेने तथा सिएनएन एंकर ओ ब्रियनलाइ उछिनेका थिए ।
को हुन् अधिकारी
झापा स्थाइ घर भएका अधिकारी उच्चशिक्षा अध्यायनको लागी सन् १९९६ मा अमेरिका आएका थिए । १० बर्षदेखि अमेरिकन मिलिटरि विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक उनी अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एएनएका अध्यक्ष र माइक्रो लजिस्टिक इंकका संस्थापक तथा प्रमुख कार्यकारि अधिकृत समेत छन्् । माइक्रो लजिस्टिकले सुचना प्रविधिको क्षेत्रमा विशेषज्ञको सेवा प्रदान गर्ने गर्दछ । सन् २०१५ मा स्थापना भएको इक्विालिटि फाउन्डेसनमा भर्जीनियाका प्रभावशाली कांग्रेशम्यान डन बायर मुख्य संरक्षक छन् । यो फाउन्डेसनले ग्रामीण स्कुलमा कम्प्युटर र इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । अधिकारी महाविर पुनको राष्ट्रिय अविश्कार केन्द्रका सल्लाहकार छन् । “मैले सधै समाजलाइ कसरि धेरै दिन सकिन्छ भनेर मात्र सोचेँ, यो पुरस्कारले हामी गर्न सक्छौँ भन्ने प्रमाणित गरेको छ, मलाइ सहयोग गर्नुहुने समस्त नेपालीलाइ नमन गर्न चाहन्छु,” अधिकारिले भने ।
जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.श्द्दऋपज(थ()ज्अ