१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शान्ति नेपाली समाज बेलायतले मनाइयो तीज

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार २२:१८

लन्डन । हिन्दू नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा विशेष कार्यक्रम गरेको छ । सामसुङ ब्याङक्यूटिङ हलमा आयोजित उक्त कार्यक्रम जेष्ठ अतिथि कुन्तकला खरेल र कार्यक्रमका सभापति अध्यक्ष काशीनाथ शर्माले दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
उक्त अवसरमा तीज गीत, कविता, लाखे नाच प्रदर्शन भयो । कार्यक्रम संस्थाका अध्यक्ष काशीनाथ शर्माको अध्यक्षतामा भएको हो । सुनिता 
तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा
 संस्थाका प्रवक्ता भुपेन्द्र पाठकले स्वागत मन्तव्य दिए ।
पञ्चकन्याबाट राष्ट्रिय गान, नेपाली शहीदप्रति मौनधारण गरेर शुरु कार्यक्रममा श्रीमती गोमा पौडेलले शुभकामना मन्तव्य दिइन् ।
कार्यक्रममा दिप्ती सापकोटाले वर्ष दिनको तीज आयो, सृष्टि के.सी. र दिपा न्यौपानेले हामी नेपाली नारी हौं, विनिता थापा, निशा खत्री र खुसी 
गिरीले सानो भयो मादलु, जानकी गिरी र बिष्णु माझीले मैं छोरी गीतमा नाचे भने अशोक भट्टराईले गीत गाए ।
सुजु खत्री लगायतका कलाकाकारहरूबाट गीत र नाच समेत प्रस्तुत भएको थियो । ठाकुर भट्टराईले कविता वाचन गरे । साथै अन्य कलाकारहरूले समेत आ आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मनकामना महिला समूहकी अध्यक्ष सिता खरेल, बिन्दु 
पराजुलीका बुवा आमा ठाकुर भट्टराई र श्रीमती टाकी माया भट्टराई, ध्रुव खरेलका बुवा आमा डिलाराम खरेल र श्रीमती कुन्तकला खरेल, भुपेन्द्र पाठकका बावु आमा झपेन्द्र पाठक र श्रीमती लिलादेवी पाठक, नेत्रराज गिरीका बुवा आमा टेक बहादुर र श्रीमती खड्क कुमारी गिरी, गोकर्ण थापाका बुवा आमा योगासन सोदास बहादुर र श्रीमती तितेरा कुमारी थापा लगायत गल्कोट समाज यूकेका उपाध्यक्ष सुरेस भण्डारी र हाम्रो नेपाली समाज यूकेकी उपाध्यक्ष श्रीमती गोमा पौडेलको विशेष आतिथ्यता र करिव चार सयको उपस्थिति थियो ।