७ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्दीप लामिछाने र पारश खड्का लण्डन आउने

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७५, बुधबार २०:४७

लण्डन – भारतीय क्रिकेट क्लव दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएपछि देश तथा बिदेशमा चर्चा चुलिएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने लण्डन आउने भएका छन् । उनको साथमा राष्ट्रिय टोलीका क्याप्टेन पारश खड्का समेत लण्डन आउन लागेको नेपाल पत्रकार महासंघ युकेका कोषाध्यक्ष सिद्धार्थ क्षेत्रीले जानकारी दिए । उनीहरुलाई भेटेर साक्षात्कार गर्न ईच्छुक व्यक्तिहरुको लागि अग्रिम टिकट खुल्ला गरिएको क्षेत्रीले जनाए ।

नेपाल राष्ट्रिय तथा अन्तरास्ट्रिय प्लेयर्स एसोसियसन युकेका अध्यक्ष समेत रहेका क्षेत्रीका अनुसार क्रिकेटरद्धयको स्वागतको लागि आगामि ३० मे मा लण्डनस्थित माया पवमा विषेश कार्यक्रमको आयोजना गरिन् लागिएको छ ।

१७ बर्षीय नेपाली लेग स्पिनर सन्दीपलाई आइपिएलको अक्सनबाट २० लाख भारतीय रुपैयाँमा दिल्लीले अनुबन्धित भएका थिए ।

सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। कलिलै उमेरमा राष्ट्रिय टोलीमा परेका सन्दिप सानै उमेरदेखि चर्चामा आएका थिए। क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) मा पर्न सफल नेपाली उदयमान क्रिकेटर सन्दिप लामिछाने २ वर्षअघि सम्पन्न १९ बर्षमुनिको विश्वकप क्रिकेटमा आयरल्याण्डसँगको खेलमा ह्याट्रिक लिएपछि एकाएक विश्वभरनै चर्चाको केन्द्रबिन्दु बनेका थिए।