१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फाइनल प्रवेशका लागि कोलकाता र हैदरवाद भिड्ने

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७५, बिहीबार ०५:४७

कोलकाता । राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाईट राईडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । प्ले अफ् चरणअन्तर्गत गएराति भएको इलिमिनेटरमा पराजित टोली राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

कोलकाताले भने अब फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेलमा सनराईजर्स हैदरावादको सामना गर्नेछ । पहिलो क्वालिफायरमा चेन्नाई सुपर किङ्ससँग पराजित भएको हैदरवादले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

गएराति कोलकातामा भएको खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनायो । कोलकाताका लागि दिनेस कार्तीकले ५२ रन तथा आन्द्रे रसेलले अविजित ४९ रन जोडे । जवाफमा १ सय ७० रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले निर्धा्रित ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन मात्रै जोड्न सक्यो ।

राजस्थानका सन्जु स्यामसनले ५० रन तथा अजिन्क्या रहानेले ४६ रन जोडे पनि टोलीका लागि निर्णयक पारी खेल्न सकेनन् ।