७ बैशाख २०८१, शुक्रबार
Follow Us

कालो हिरासहित ८ पक्राउ

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७५, बिहीबार ०५:५६

काठमाडौं । प्रहरीले काठमाडौँको लैनचौरबाट कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिराको कारोबार हुँदै गर्दा रमेश रजकसहित आठ जनालाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाका आधारमा दुईवटा कालो हिरा तीन करोडमा बिक्री गर्न बार्गेनिङ गर्दै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका अन्य व्यक्तिको नाम भने खुलाइएको छैन । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको वृत्तले जनाएको छ ।