७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा हुने नेपाली बौद्धिक भेलामा को को जम्मा हुदैंछन ?

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७५, बिहीबार १२:५१

होमप्रसाद लम्साल ।

अमेरिका, गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रको आयोजनामा यहि जुन १६ तारिक हुन गैरहेको बौद्धिक भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । अमेरिकाको सान्फ्रान्सिस्कोमा हुन लागेको यस भेलालाई सफल बनाउन विविध समितिहरु सक्रिय रुपमा सहभागी भैरहेका छन । एनआरएनए अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीेका अनुसार बौद्धिकका लागि आवश्यक सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । सम्मेलनमा सहभागी हुनका लागि प्रमुख अतिथि पर्यटनमन्त्रि रविन्द्र अधिकारी अमेरिका आउने निश्चित भएको छ भने विज्ञका रुपमा नेपालबाट व्यवसायी विनोद चौधरी, योजना आयोगका पुर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले, अर्थविद विश्व पौडेल, काँग्रेस नेता गगन थापा, एमाले साँसद कृष्ण भक्त पोख्रेल सहभागी हुने क्षेत्रिय संयोजक जोशीले बताए ।

सम्मेलनका कन्भेनर डिल्ली भट्टराईका अनुसार १६ तारिक बिहानदेखि रातीसम्म आधा दर्जन कार्यपत्रहरु प्रस्तुत हुँदै छलफल हुने र अन्त्यमा छलफलबाट आएका निष्कर्षलाई समावेशगरी सान्फ्रान्सिस्को घोषणापत्र जारी हुनेछ । जसका लागि डा रुद्र अर्यालको संयोजकत्वमा एक समिति निर्माण गरी कार्यपत्रहरुको आव्हान र सर्ट लिष्टिड भैरहेको छ । कार्यपत्र तयारकर्ता विज्ञटोलीमा अमेरिकी विशेशज्ञसहित डा अम्बिका अधिकारी, डा आमोद पोख्रेल, पुरु श्रेष्ठ, रुद्र अर्याल, नवराज गुरुड, प्रमोद ढकाललगायत रहने छन ।
सो भेलाका लागि एनआरएन आईसिसिबाट पुर्वअध्यक्षहरु डा उपेन्द्र महतो, जिवा लामिछाने, शेष घले, अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य महासचिव डा बद्री केसी, महिला उपाध्यक्ष सफिला राजभण्डारी, आईसिसि सल्लाहकार डा हेम राज शर्मालगायत टोली आउने कन्फर्म भएको कन्भेनर भट्टराईले बताउनु भयो ।
आगामी अक्टोवर १४ मा नेपालमा हुन लागेको विश्वस्तरीय बौद्धिक सम्मेलनको मिनि सम्मेलनको रुपमा अमेरिकामा हुन लागेको हो । यस्तै सम्मेलन युरोप लक्जेम्बर्समा पनि हुने छ । अमेरिकामा हुन लागेको यस सम्मेलनमा एनआरएनमा सहभागी नेपाली बौद्धिक वर्गको बाक्लो उपस्थिति रहने छ । एनआरएनको नेतृत्वमा व्यवसायीहरु मात्रै सहभागी भयो भन्ने गुनासो आईरहँदा वौद्धिक बर्गलाई समेट्न यस अभियान थालनी शुरु भएको हो ।

यस अभियानले अमेरिका रहेका विद्धत वर्गलाई नेपालसंग जोड्न र नेपाली साँघुरो बजारलाई अन्तर्राष्ट्रिय समुदायमा फिजाउँन मद्दत पुग्ने भएकोले यस अवसरलाई सदुपयोग गर्न अमेरिकामा रहेका सबै पेशाकर्मी र बौद्धिक जमातलाई सहभागी हुन एनआरएन आईसिसि सल्लाहकार हरिबोल भण्डारीले अनुरोध गर्नू भएका छ । बौद्धिक भेलाको भोलीपल्ट अर्थात १७ तारिक एनआरएन अमेरिकाको साधारणसभा हुनेछ । साधारणसभामा अमेरिकाभरीका ७ सय नेपाली सहभागी हुने एनआरएन अध्यक्ष डा केशव पौडेलले बताए । अध्यक्ष डा पौडेलका अनुसार साधारणसभामा आगामी गैरआवायिस नेपाली गतिविधिका साथै निर्वाचन व्यवस्थित र बढी भन्दा बढी पारदर्शी बनाउने विषयमा गहन छलफल भरी निष्र्कष निकालिनेछ ।

गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्र संयोजक गौरी जोशी, एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेलले संयुक्त आव्हान गर्दै जुन १६ हुन लागेको विज्ञ भेला र १७ मा हुन लागेको एनआरएन अमेरिकाको साधारणसभाका लागि सकृय सहभागिताका लागि एनआरएन अमेरिकाका पदाधिकारी, पुर्व पदाधिकारी, विभिन्न क्षेत्रमा कार्यरत बौद्धिक समुदायलगायत सबै नेपाली समुदायलाई आग्रह गर्नु भएको छ ।

नेपालले अगाडी सारेको समृद्ध नेपाल, खुशी नेपाली अभियानलाई सहयोग पुग्ने गरी आयोजना गरिएको उक्त भेलामा विदेशमा कार्यरत वैज्ञानिक, प्राविधिक, अनुसन्धानकर्ता, प्राध्यापक, राजनीतिज्ञ, विद्यार्थी, व्यवसायी, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा नेपालको विकासका चुनौती र यसलाई सम्बोधन गर्ने उपायका बारेमा छलफल गर्दै निष्कर्ष निकालिने छ ।

भेलामा पुर्वाधार विस्तार, वातावरण, स्वास्थ्य सेवा, अर्थनीति लगायतका क्षेत्रमा विज्ञहरूले आफ्नो कार्यपत्र र सुझावहरू समावेश गरी निष्कर्ष निकालिने छ । नेपाल सरकार र मुख्य राजनीतिक पार्टीका उच्च अधिकारीहरु भेलामा सहभागिता हुने भएकाले विज्ञका सुझावलाई कार्यान्वयनमा लैजान सहयोग पुग्ने छ । विदेशमा रहेर विभिन्न विज्ञता हासिल गरेका नेपाली र नेपाल प्रति चासो राख्ने विदेशी विज्ञहरुसग तादाम्यता गरी नेपालमा अध्ययन, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुर्याउने उद्देश्यले यो कार्यक्रमले सहयोग पुग्ने छ । भेलामा अमेरिका क्यानडा, ब्राजिल चिली लगायत विश्वका विभिन्न देशमा कार्यरत बैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न रहेका साथै कुनै विषयमा दक्षता हासिल गर्नुभएका नेपाली र नेपाली मुलका गैर आवासिय नेपाली सहभागी हुने छन । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासिय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेकोले यस्ता सम्मेलनबाट नेपालको समृद्धिमा टेवा पुग्ने अनुमान गर्न सकिन्छ ।