७ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई निर्माण व्यवसायी पक्राउ

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७५, बिहीबार १४:४२

तुलसीपुर । तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै आज दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा र प्रकाश महतरा छन् । शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै घोराहीबाट र महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको हो । अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ । जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरुले पाएको प्रहरी प्रमुख सिंहले बताउनुभयो ।