१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०७५, शुक्रबार ०५:१५

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । दिल्लीमा उपचार गराईरहनु भएका राष्ट्रकवि घिमिरेको आन्तरिक रक्तश्राव रोकिएको छ । नेपालमा रोग पहिचान हुन नसके पछि बुधबार उहाँलाई नयाँ दिल्ली लगिएको थियो। मेदान्त अस्पतालको हाइ केयर युनिटमा भर्ना भएका घिमिरे मेदान्त पुग्नेबित्तिकै रोग पहिचान र उपचार प्रक्रियामा चिकित्सक जुटेका थिए । ९९ वर्ष पुग्नु भएका राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ ।