१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘बेलायतका चर्चित १० व्यक्तित्वका लागि आवेदन आव्हान’

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७५, शुक्रबार ०८:०८

लन्डन । बेलायतबाट सञ्चालित समाचार प्रोटल नेपाल ब्रिटेन डट कमले बेलायतका चर्चित १० नेपालीको नाम आगामी जुलाइमा घोषणा गर्ने भएको छ । नेपाल ब्रिटेन डट कम ११ औं वर्ष पुगेको अवसर पारेर चर्चित १० नेपालीको नाम घोषणा गरिन लागेको नेपाल ब्रिटेन डट कमका प्रधान सम्पादक चिरन शर्माले बताए ।

‘विगतमाजस्तै यसपटक पनि बेलायतमा बसेर मातृभूमिप्रति समर्पित विभिन्न क्षेत्रलाई समेटेर चर्चित १० व्यक्तित्वको नाम घोषणा गर्ने तयारीमा छौं’, शर्मा भने ।

नेपाल ब्रिटेन डट कमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर हरेक वर्ष बेलायतमा चर्चित १० नेपालीको नाम घोषणा गर्छ । उनीहरुलाई नेपाल ब्रिटेन डट कमले ‘मिडिया प्रसनालिटी अफ दि इअर’ को उपाधिले सम्मान गर्दै आएको छ ।
यसअघि अनलाइनले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै आफ्नो योगदानसहित नाम नोमिनेशन गर्न बेलायतवासी नेपालीलाई आग्रह गरेको छ । प्राप्त नोमिनेशन मध्यबाट १० जनालाई चयन गर्ने गरिन्छ ।

चर्चित १० जनाको चयन बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको सुझाव, पत्रपत्रिकामा प्रकाशित समाचार, नेपाल ब्रिटेन डट कमका पाठकबाट प्राप्त सुझावलाई प्रमुख आधार बनाएको बताएर चयन गर्ने प्रचलन छ ।

‘तपाईं आफैं छान्नुहोस् चर्चित शीर्ष १० नेपाली’, तलको इमेलमा जुन १० तारिखभित्र नाम, व्यक्तिले पु-याएको योगदानका बारेमा लेखेर पठाउनु होस् ।

Email us: [email protected]