१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र रौतहटमा

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०७५, शुक्रबार १५:५४

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार रौतहटमा अभिनन्दन गरिएको छ । बाराको सिमराबाट रौतहटको दुर्गाभगवती मन्दिरमा पूजा गर्न आएका उनलाई मन्दिर व्यवस्थापन समितिद्वारा अभिनन्दन गरिएको हो ।

दुर्गाभगवती गाउँपालिकास्थित दुर्गाभगवती मन्दिरमा पूर्वराजा ज्ञानेन्द्रले करिब २४ मिनेट पूजा–अर्चना गरेका थिए । सो अवसरमा ठूलो संख्यामा उपस्थित भएका सर्वसाधारणले ‘राजा आऊ देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए । दुर्गामन्दिर पूजा समितिले तयार पारेको अभिनन्दनपत्र वाचन गरी पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गरिएको पूजा समितिका अध्यक्ष विनयकुमार झाले बताए ।