१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गोली चलाई नौ लाख लुटपाट

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७५, आईतवार ०८:३२

धनगढी । धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ ।

एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँदै गर्नुभएका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको हो । सार्कीको एउटा हातमा गोली लागेको छ ।

उहाँलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा पु-याइएको छ । गोली चलाउनेको खोजतलास व्यापक रुपमा भइरहेको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । लुटिएका सार्की ग्लोबल आइएमी बैंकमा कार्यरत भएको बुझिएको छ ।