१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोरे’सँग चार दिनमा ३७ पेज लामो बयान

sarusaru
१३ जेष्ठ २०७५, आईतवार ११:३७

बिराटनगरः विभिन्न समयमा भएको अर्बौ मूल्यको सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डका एक अभियुक्ता चू्डामणि उप्रेती ‘गोरे’ सँगको बयान चार दिनमा सकिएको छ ।

जिल्ला अदालत मोरङमा गत बुधबारदेखि सुरु भएको बयान आइतवार सकिएको हो । गोरेसँग जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा ३७ पृष्ठ लामो बयान लिइएको हो ।

बयानका क्रममा गोरेले आफूले सनम शाक्यको हत्या नगरेको बताएका छन् । सुन तस्करीमा भने आफुले नाम लिएका व्यक्तिहरुलाई पक्रन सरकारले हिम्मत जुटाउन सक्नुपर्ने बताएका छन् ।

तर, उनले नाम लिएका व्यक्तिहरुबारे केही पनि सार्वजनिक गरिएको छैन । गोरेले नेपालका केही नेता, व्यापारी र अन्डर वल्र्ड डन दाउद इब्राहिमको समेत नाम लिएको बताइए पनि यसबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।
अन्नपूर्ण पोष्ट