१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७३, आईतवार ०५:२५

वालिङ । गएराति मुसलधारे पानीसँगै खसेको पहिरोले एक घर पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ–७ ताप्केमा एकै परिवारका चारजनाको ज्यान गएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षीया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षीया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी सात वर्षीया पुनम मश्राङ्गी र १ वर्षीय छोरा मिलन मश्राङ्गीको ज्यान गएको हो ।

राति नै वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पहिरोमा पुरिएका शव निकालेर अहिले शवपरीक्षणका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ ल्याइँदै छ ।