१३ बैशाख २०८१, बिहीबार
Follow Us

नौ लाख रुपैयाँ लुटपाट गर्ने दुई जना पक्राउ

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७५, आईतवार १३:४५

कैलाली । धनगढी उपहानगरपालिका २ ट्राफिक चोकमा एक जनालाई गोली प्रहार गरी ९ लाख रुपैया लुटने दुई जना पक्राउ परेका छन । गोली प्रहार गरी भागेका लुटेरालाई प्रहरीले लुटिएको रकम सहित कैलालीको गेटाबाट नियन्त्रणमा लिएको हो । उनीहरुको पहिचान प्रहरीले खुलाएको छैन । उनीहरुको साथवाट प्रहरीले एक थान मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ परेका दुई जनाले बिहान पौने १० बजे धनगढीको चौराहास्थित सेन्चुरी बैंक अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए । छाती र दाहिने हातमा गोली लागेका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका कार्कीमाथि गोली प्रहार भएको थियो ।