१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कसैले नेतृत्व छोड् भन्दैमा छोड्दिन : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७५, आईतवार १३:५१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वको बिषयमा महाधिवेशनमा प्रतिष्पर्धा गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा उनले आफु निर्वाचित भएर आएको सभापति भएको भन्दै ३ वर्षपछिको महाधिवेशनमा नै प्रतिष्पर्धा हुने जिकिर गरेका हुन ।

उनले निर्वाचनमा काग्रेसलाई पराजयको अबस्थामा पुराउन एमाले र माओवादीबिच एकता भएजस्तै कांग्रेसलाई बलियो बनाउन पार्टी भित्र एकता हुनुपर्ने उल्लेख गरे ।
निर्वाचनमा पराजयकै कारण कसैले नेतृत्व छोड भन्दैमा आफू छोड्ने पक्षमा नरहेको सभापति देउवाले प्रष्ट पारे । कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सम्मानजनक रुपमा अघि बढाउनुपर्ने बताए ।

त्यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले सरकारको सय दिनमा जनताले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको टिप्पणी गरे । त्यस्तै महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने भएकाले आफू गुट उपगुट अन्त्य गर्ने अभियानमा लागेको बताए ।