१५ चैत्र २०८०, बिहीबार
Follow Us

फिनल्याण्डको राजधानी हेल्सिन्किमा “वल्र्ड भिलेज फेस्टिबल”

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७५, आईतवार १३:५३

फिन्ल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो कला र संस्कृति प्रदर्शन गरेको छ । फिन्ल्याण्डमा सक्रिय संस्था केपाको अयोजना र राष्ट्रिय समन्वय परिषद फिन्ल्याण्डले संयोजन गरेको “वल्र्ड भिलेज फेस्टिवल” कार्यक्रममा नेपाली संगित, कला र भेषभूषाको प्रदर्शनी गरिएको थियो । सो कार्यक्रममा विभिन्न नेपाली गीतमा नृत्यका साथै नेपाली पोषाकको प्रदर्शनी गरिएको थियो ।

सन् १९९५ देखि हरेक बर्ष आयोजना हुने गरेको फेस्टिबलमा फिन्ल्याण्डमा रहेका विभिन्न समुदायहरुले आ–आफ्नो भाषा, संस्कृति, कला र भेषभूषाको प्रवर्धन गर्ने गर्दछन् । नेपाली समुदायको प्रस्तुतीलाई स्थानीय दर्शकले रुचीपूर्वक अवलोकन गरेका थिए ।