१५ चैत्र २०८०, बिहीबार
Follow Us

युवा ज्योतिष पौडेल ज्योतिष रत्न २०७५ द्वारा सम्मानित

sarusaru
१४ जेष्ठ २०७५, सोमबार ०४:१२

काठमाण्डौ – दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन २०७५ मा बागलुङका युवा ज्योतिषी सूर्य पौडेल ज्योतिष रत्न अवार्डबाट विभूषित भएका छन । दुई दिनसम्म पोखरामा सम्पन्न सम्मेलनमा बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी युवा ज्योतिषी पौडेललाई ज्योतिष रत्न ०७५ द्धारा सम्मान गरिएको हो । ज्योतिष पौडेललाई वास्तुविद डा.माधवमंगल जोशीले अवार्डद्धारा सम्मान गरेका थिए ।
दक्षिण एसियाली ज्योतिष महासंघको आयोजनामा नेपाल र भारतका १४ वटा ज्योतिषीय संघ संस्थाको सहयोगमा शनिवार र आईतवार पोखरामा दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन समपन्न भएको थियो ।
सम्मेलनमा भूटान, वेलायत, श्रीलंका, भारत, नेपाल, मलेशिया लगायतका ७ देशका ७ सय भन्दा बढि ज्योतिषीहरुको सहभागिता रहेको आयोजक संस्था महासंघका अध्यक्ष डा. सहदेव विष्टले वताए ।
ज्यातिष पौडेलले कार्यक्रममा बोल्दै यस्तो सम्मानले आफूलाई अझ अघि बढ्न प्रेरणा दिएको र गुरुहरुप्रति नतमस्तक भएको बताए ।

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा ज्योतिष र वास्तुसंग समबन्धित विषयमा ब्यापक छलफल र अन्तरक्रिया गरिएको नेपाल ज्योतिष परिषद प्रदेश नं.४ का महासचिव ज्योतिष कमल पौडेलले वताए ।