१३ बैशाख २०८१, बिहीबार
Follow Us

ढुंगेल जेलमुक्त हुनेबारे सरकार आज बोल्ने

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार ०५:०६

काठमाडौं । ढुंगेललाई आम माफी दिने तयारी गरे नगरेकोबारे सरकारले आज सर्वोच्च अदालतलाई जवाफ दिँदैछ । सर्वोच्च अदालतले व्यक्ति हत्याको अभियोग पुष्टि गरेर जन्मकैद तोकका ढुँगेलको चालचलन असल रहेको भन्दै आममाफी दिने तयारी गरे नगरेकोबारे २४ घण्टामा जवाफ दिन गएको शुक्रबार कारण देखाउ आदेश दिएको थियो ।

सरकारले हिजै जवाफ पेश गर्ने तयारी गरे पनि पालो नआएकाले आज जवाफ पेश गर्न लागेको हो । आज दुवै पक्षको सुनुवाई गर्ने तयारी सर्वोच्चले गरेको छ । कारागार विभागले गणतन्त्र दिवसका दिन कैद मिनाहा गर्ने कैदीको नामको सूचिमा ढुंगेलको नाम पनि सिफारिस गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो ।

दुवै पक्षको बहस सुनेपछि आजै सर्वोच्चले यसबारेमा निर्णय सुनाउनेछ । सर्वोच्चले आज निर्णय नगरेको खण्डमा सरकारले भोलि गणतन्त्र दिवसका दिन ढुंगेललाई माफी दिन अवरोध नहुने बताइएको छ ।