८ बैशाख २०८१, शनिबार
Follow Us

बजेट भोलि : कर्मचारीको खल्तीमा केही न केही पर्ने

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार ०५:१३

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५–२०७६ को बजेट भोलि सार्वजनिक गर्दैछ । हिजो संसदबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएपछि बजेट ल्याउन सरकारलाई बाटो सहज भएको हो । संवैधानिक व्यवस्थामा जेठ १५ गते नै बढेट ल्याउनु पर्ने भनिएको छ ।

बजेट सार्वजनिक हुन एक दिन मात्रै बाँकि रहँदा कर्मचारीको तलव बढ्छ कि बढ्दैन भन्ने सर्वत्र चासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले कुटनीतिक भाषामा सरकारले कर्मचारीको तलब बढाउन लागेको संकेत गर्नु भएको छ ।

उहाँले, ‘यो सरकारले सबैलाई खुशी पार्छ, कर्मचारीको खल्तीमा पनि केही न केही पर्छ’, भन्नु भयो । उहाँका अनुसार सबैलाई खुशी पार्न ओली नेतृत्वको सरकार प्रयत्नरत छ । कर्मचारीको तलव बढ्दा महंगी पनि संगसंगै जोडिएर आउने बताइन्छ । तर, सरकारले अहिलेसम्म महंगी नियन्त्रण गर्न सकेको छैन ।