१३ बैशाख २०८१, बिहीबार
Follow Us

आईपीएलको उपाधि चेन्नाइलाई

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार ०५:२८

मुम्बाई । भारतमा भएको ११ औं संस्करणको आइपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । गए राति मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले निराश पार्दै चेन्नईले उपाधि जितेको हो ।

खेलमा १७९ रनको विजयी लक्ष्य पाएको चेन्नईले १८.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा ग¥यो । म्यान अफ द फाइनल शेन वाट्सनले ५७ बलमा ११७ रन बनाएर चेन्नईलाई जिताउनु भयो । वाट्सनले ८ छक्का र ११ चौका प्रहार गर्नु भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेटको नोक्सानीमा १७८ रन बनायो । केन विलियमसनले ४७ तथा युसुफ खानले २५ बलमा अविजित ४५ रन बनाउनु भयो ।

यो जितसंगै चेन्नईले उपाधिमाथि ह्याट्रिक गरेको छ । हैदराबादले भने एक पटकमात्र उपाधि जितेको थियो । यसपटक लिगमा सम्भव भएका चार वटै खेलमा हैदराबाद चेन्नईसँग पराजित भएको छ । बलिङमा अब्बल हैदराबाद फाइनलमा कमजोर सावित भयो ।