१३ बैशाख २०८१, बिहीबार
Follow Us

दाङमा रोकिएन झाडापखालाको प्रकोप

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार ०५:३४

घोराही । दाङको शान्तिनगर गाउँपालिकाका दुई वडाका घरपिच्छे झाडापखालाका बिरामी छन् । मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप नियन्त्रणमा आएको छैन । बिरामी संख्या बढदै गएपछि गाउँले डराएका छन् । स्थानीय स्वास्थ्यचौकीका अनुसार बिरामीको संख्या १२ सय नाघेको छ ।

अस्ति रातिसम्म ४ सय १९ बिरामी रहेकामा हिजो ८ सय २ जना थपिएको जानकारी शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले दिनु भयो । रातिसम्म पनि बिरामी आउने क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान उहाँले गर्नु भयो ।

‘अस्तिबाट हिजो राति २ बजेसम्म लगातार बिरामी आए,’ उहाँले भन्नु भयो, ‘फेरि बिहान ४ बजेदेखि बिरामीको भीड लाग्न थाल्यो ।’ उपचारपछि घर फर्केका ३० जना आइतबार फेरि बिरामी भएर स्वास्थ्यचौकी आएको पुनले बताउनु भयो । स्वास्थ्यकर्मीहरुको टोलीले प्रदुषित भएको एउटै मुहानको पानी पीउँदा यति धेरै विरामी परेको बताएको छ ।