१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुने

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार ०७:०७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) यूरोप सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् । एनआरएन यूरोपको यो ११ औं क्षेत्रीय सम्मेलन हो । आगामी जुलाई २९ र ३० तारिखमा लक्जम्वर्गमा हुने सम्मेलनमा २७ देशका प्रतिनिधि सहभागी हुनेछन् ।

एनआरएन यूरोप संयोजक शिवकुमार बरुवालका अनुसार सोमबार अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको टोलीले परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीलाई भेटेर सम्मेलनमा सहभागी निश्चित गरेको हो । अध्यक्ष भट्टको टोलीमा उपाध्यक्ष कुल आचार्य, सहकोषाध्यक्ष सोम सापकोटा तथा शिशिर भट्ट सहभागी थिए । संयोजक बरुवालका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीलाई गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकताबारे ड्राप्ट हुँदै गरेको ऐनबारे पनि छलफल भएको थियो ।

उक्त टोलीले हिजो आइतबार परराष्ट्रसचिव शंकर वैरागीसँग भेट गरेको छ । युरोप सम्मेलनमा सहभागी हुने प्रतिनिधिले लक्जम्वर्गमा यथाशक्य होटल बुक गर्न युरोप संयोजक बरुवालले आग्रह गरेका छन् । लक्जम्वर्गमा होटल एकदमै प्याक हुने भएकाले अग्रिम बुकिङ गरेर आफ्नो बासस्थान सुरक्षित गर्न संयोजक बरुवालले डेलिगेटसलाई आग्रह गरेका छन् ।