१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जीप दुर्घटना हुँदा चालकसहित ४ को मृत्यु, १२ घाइते

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार १४:०८

डोटी । बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना भएको छ । दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से १ ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको स्थानीय केशवबहादुर बोगटीले जानकारी दिएका छन् । १२ जना घाइते भएका छन् । दुर्घटना स्थलमा प्रहरी आइपुगेको छैन ।

जिल्ला प्रहरी कार्यालय डोटीले पनि कार्यालयमा ४ जनाको मृत्यु भएको जानकारी आएको बताएको छ । तर, घटनास्थलमा पुग्न ४ घण्टा लाग्ने भएकोले आधिकारीक जानकारी भने नभएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय जीत चन्दका अनुसार मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया र इन्नरी रावल रहेका छन् । एक जना मृतक महिलाको भने सनाखत हुन सकेको छैन् । घाइतेहरूको स्थानीयवासीले उद्दार गरी अस्पताल पठाइसकेको बताएका छन्। दुर्घटना भएलगत्तै प्रहरीको टोली घटना स्थलतर्फ हिँडेको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा छ ।