१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खा कप हेर्न हजारौको संख्यामा नेपालीहरु खेल मैदानमा (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७५, सोमबार १९:४४

लन्डन। आइतबार बेलायतको अल्डरसटमा १२ हजार दर्शकको उपस्थितिमा गोर्खाकप प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। तमु धि यूकेको आयोजनामा सम्पन्न १६ औं गोर्खाकप मंगोलिन भाञ्जा समुहले जितेको छ।

प्रतियोगितामा यो वर्ष बेलायतबाहेक ह.ककंग, हल्याण्ड र बेल्जियमका टोली समेत सहभागी थिए। मुख्य विधामा कुल ३२ टोलीमध्ये मंगोलियन भाञ्जा विजेता बन्यो। फाइनलमा ब्रिगेड बोइज पराजित हुंदै उपविजेता बन्यो।

त्यस्तै भेटेरान समुहका १० टोलीमध्ये इलाम एफसी प्रथम र केन्ट एफसी दोस्रो बन्न सफल भए। मुख्य विधामा विजेतालाई २५सय र उपविजेतालाई १५ सय तथा भेटेरान समुहमा विजेतालाई १२ सय र उपविजेतालाई ८ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रम हेर्न बेलायतका विभिन्न क्षेत्रबाट ओइरिएका दर्शकहरुको उपस्थितिले कार्यक्रमस्थल नेपालमय बनेको थियो। विभिन्न व्यवसाय, च्यारिटी तथा खानाका झण्डै ५० स्टलहरु राखिएका थिए।

प्यारासुट जम्पिङ, एफए कप, गोर्खा ब्रिगेड ब्याण्डको प्रस्तुति, नौमति बाजा, मार्सल आर्ट, लोक नृत्य लगायतका थुप्रै आकर्षणहरु पनि कार्यक्रममा थिए। कार्यक्रममा स्थानीय मेयर प्रमुख अतिथी थिए भने बेलायती सांसद, लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख सहितका विशिष्ट अतिथीहरु पनि सहभागी थिए।

कार्यक्रमको संयोजन क्याप्टेन पिताम्बर गुरुङले गरेका थिए। कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा आयोजक तमु धि यूके अध्यक्ष ज्ञाम गुरुङले धन्यवाद ज्ञापन गरेका छन्।


सबै फोटो – मिलन तमु