६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएन अध्यक्ष भवन भट्टको जापानमा मात्र वार्षिक ३३ अर्बको व्यापार (भिडियो)

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७५, सोमबार २१:३२

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले विदेशमा वस्ने नेपालीहरु नेपाल सरकारसंग मिलेर काम गर्न ईच्छुक रहेको वताए । भट्टले हिमालय टिभीको एक अन्तरवार्तामा विदेशमा बस्ने नेपालीहरुले दोहोरो नागरिकता माग नगरेको तर नेपाली नागरिकताको निरन्तरता खोजे वताए ।

उनले गैरआवासीय नेपालीको नागरिकताको ग्यारेन्टी भए देशलाई फाइदा हुने तर्क गरेका छन् । विदेशमा बस्ने नेपाली समुदायले प्रगतिको बाटोमा अगाडि बढेको वताउँदै नयाँ पुस्तालाई नेपालमा आर्कषण गर्ने सरकारले कार्यक्रम आउनु पर्नेमा जोड दिए ।
उनले नेपालमा लगानीको लागि प्रसस्त सम्भवना रहेको वताउँदै नेपालको हवाई नीति विभेदकारी रहेको वताए ।

नेपाली लगानीकर्ताले विदेशी एरलाइन्स कम्पनीले भन्दा ३३ प्रतिशत बढी कर तिर्नु पर्ने वाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेका छन् । उनले जापानमा आफ्नो कम्पनी ३२ वटा कम्पनीमा लगानी गरेको वताएका छन् । उनले वार्षिक व्यापार मात्र करिब ३३ अर्ब रुपैयाँको कारोवार गर्ने वताए ।