१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गणतन्त्र दिवसमा संयुक्त विद्यार्थी संगठनको प्रभातफेरि

sarusaru
१५ जेष्ठ २०७५, मंगलवार ०४:४४

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनले आज काठमाडौंमा प्रभातफेरि कार्यक्रम गरेका छन् । विद्यार्थी संगठनहरुले भृकुटीमण्डपमा जम्मा भइ पुतलीसडक हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरी कार्यक्रम समापन गरेका थिए ।

प्रभातफेरिमा विद्यार्थीहरुले गणतन्त्र दिवस जिन्दावाद, गणतन्त्रको उपहारः शिक्षा, स्वास्थ्य र रोजगार, वीर सहिद अमर रहुन्,, गणतन्त्रको उपहार : सुखी नेपाली, समृद्ध नेपाल लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रभातफेरिमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु उपाध्यक्ष सुनिता बराल, अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले गणतन्त्रले सहिदका सपना पूरा गर्नुपर्ने विचार राखेका थिए ।

संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र दिवसको अवसरमा यसअघि दिइने गरेको सार्वजनिक विदा भने यस वर्ष कटौती भएको छ । तर, सरकारले काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत प्रमुख दलका शीर्ष नेताहरुले सबै नेपालीमा शुभकामना दिएका छन् ।
अनलाइन खबर