८ बैशाख २०८१, शनिबार
Follow Us

चेल्सीका मालिक अब्राहिमोभिचलाई बेलायतले भिसा दिएन

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७५, मंगलवार ०५:२६

लन्डन । इङ्गलिस क्लब चेल्सीका रुसी मालिक रोमन अब्राहिमोभिचलाई बेलायतले भिसा दिन आनाकानी गरेको छ । सन् २००४ मा प्रिमियर क्लव चेल्सी खरिद गरेका अब्राहिमोभिच ईन्भेष्टर भिसामा बेलायत बस्दै आउनु भएको थियो । केही दिन अघि मात्रै उहाँको भिसा अवधि सकिएको थियो ।

त्यसपछि बेलायत प्रशासनले उहाँलाई भिसा दिन अस्विकार गरेपछि उहाँ ईजरायल जानु भएको छ । इजरायलले उहाँलाई नागरिकता समेत दिएको छ । रुसी नागरिकतामा बेलायतमा लगानी गर्न असहज भएपछि अब्राहिमोभिचले ईजरायली नागरिकता लिएको अनुमान गरिएको छ ।

उहाँ अहिले हाल ईजरायलको तेल अभिभ पुग्नु भएको छ । पछिल्लो समय रुस र बेलायतबीचको कूटनीतिक सम्बन्ध तनावपूर्ण बनेपछि बेलायतले रुसी नागरिकलाई भिसा दिन कडाई गर्न थालेको छ ।

बेलयातमा बस्दै आएका एक जना पूर्वरुसी जासुसको हत्या प्रयासमा रुसको संलग्नता रहेको आरोपमा बेलायतले रुससँगको कूटनीतिक सम्बन्धलाई निकै सिमित पारेको छ । रुसले भने उक्त आरोप खण्डन गर्दै आएको छ ।