१५ बैशाख २०८१, शनिबार
Follow Us

बीपी मार्गमा अब ३२ सिटे बस गुड्ने

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७५, मंगलवार ०५:३१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा १८ सिटसम्मका सार्वजनिक बस मात्रै चलाउन पाउने व्यवस्था उल्ट्याएको छ । अब बिपी राजमार्गमा ३२ सिटसम्मका बस गुड्न पाउनेछन् ।

यातायात व्यवसायीले बिपी राजमार्गमा ठूला गाडी चलाउन दिन माग गर्दै आएका थिए । व्यवसायीको लामो समयदेखिको इच्छा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पुरा गरिदिनु भएको छ ।

मन्त्रालयको निर्णयअनुसार यो राजमार्गमा १६ टनसम्म (गाडीको वजन) सहितका मालबाहक ट्रक तथा टिपर पनि चल्न पाउनेछन् । यसअघि १० टनसम्मका ट्रक मात्रै यो राजमार्गमा गुड्न पाउँथे ।

अब यातायात व्यवस्था विभागले ३२ सिटसम्ममा बस र १६ टनसम्मका मालबहाक सवारीलाई यो राजमार्गमा रुट इजाजत दिने यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिनु भयो ।

निर्णयमा कुनै कोटा नतोकिएकाले रुट माग्न आएका जति सबैलाई रुट इजाजत दिने तयारी छ । यसले बिपी राजमार्गमा साना गाडीको सिन्डिकेट तोडिने दावी सरकारको छ ।

बसहरु अब विहान ५ बजेदेखि राति ८ बजेसम्म रमार्मागमा चल्न पाउनेछन् । मालबाहक ट्रकहरु भने रातभर चल्नुपर्ने प्रवक्ता अर्यालले जानकारी दिनु भयो ।

बिपी रमाजमार्गमा १८ सिट सवारी चलाउँदा पनि आवश्यक मर्मत सम्भारको अभावका कारण सडक भासिने र पहिरो खस्ने समस्या छ । यसलाई बेवास्ता गर्दै सरकारले ठूला बस र मालबहाक ट्रकलाई पनि यहाँ गुड्न दिने निर्णय गरेको हो ।